केन्द्रीय संस्करण

विद्यालयको झण्डा बोकेर पाण्डेद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण

person explore access_timeअसार ४, २०७८ chat_bubble_outline0

नुवाकोटका युवा पर्वतारोही विवेक पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका पाण्डेले गत बुधबार दोस्रो पटक सगरमाथाको सफल आरोहण पूरा गरेका हुन् ।

सफल आरोहणसँगै पाण्डेले सगरमाथाको चुचुरोमा आफुले २०५१ सालमा एसएलसी उत्तिर्ण गरेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको झण्डा फहराएका छन् ।

पर्वतारोही विवेक पाण्डेले आफुले अध्ययन गरेको विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए ।

उनले विद्यालयको लोगो, नाम र ठेगानासहितको ‘माउण्ट एभेरेष्ट समिट विसं २०७८’ अंकित विद्यालयको झण्डा फहराएका छन् । विवेकले यसअघि पनि २०७५ जेठ ४ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.