शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बाढीपहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट

शुक्रबार, ०४ असार २०७८, ११ : १८
शुक्रबार, ०४ असार २०७८

लगातार वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको र आउनसक्ने बाढीपहिरोमा परी घाइते हुनेहरुको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट संचालनमा ल्याएको छ । बाढीपहिरो पीडितहरूको सहज, सरल र प्राथमिकताका साथ उपचार होस् भनेर अलग्गै युनिट नै तयार गरी संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले बाढीपहिरोमा परी घाइते भएकाहरुका लागि सञ्चालनमा ल्याएको युनिटमा डेडिकेटेड शैया, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिम नै तयार गरेको छ । यो टिमले बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचार गर्ने अस्पतालको भनाइ छ ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपका कारण हुनसक्ने मानवीय क्षतिलाई सकेसम्म कम गर्ने सरकारको उद्देश्यमा साथ दिंदै नर्भिकले डेडिकेटेड युनिट संचालनमा ल्याएको हो । ‘यो युनिटमा बाढीपहिरोमा परी घाइते भएकाहरुको स्तरीय उपचार हुनेछ ।’ उनले भने–‘बाढीपहिरोमा परी घाइते भएकाहरुले अकालमा ज्यान गुमाउन नपरोस् भनेर समेत हामीले यो अवधारणाबाट काम थालेका हौँ ।’

कोभिड १९ को दोश्रो लहरका कारण बन्द भएको नर्भिकको ओपिडी सेवा आइतबारदेखि सञ्चालनमा आइसकेको छ । यस्तै, अपरेसन थिएटरसमेत पूर्ण क्षमतामा सञ्चालनमा आइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप