केन्द्रीय संस्करण

उत्तर कोरियामा खानाको हाहाकार, किम जोङले पहिलो पटक स्वीकारे

person explore access_timeअसार ४, २०७८ chat_bubble_outline0

उत्तर कोरियाका नेता किम जोङ उनले पहिलो पटक औपचारिक रुपमा उनको देश खानाको चरम अभावसँग जुधिरहेको स्वीकार गरेका छन् ।

आफ्नो आफ्नो पार्टीको वरिष्ठ नेताको बैठकमा मानिसहरुको खानाको स्थिति अब तनावपूर्ण हुँदै गइरहेको बताएका छन् ।

किमले अघिल्लो वर्ष आएको बाढीका कारण कृषि क्षेत्रले अन्नपातको उत्पादनमा आफ्नो लक्ष्य हासिल गर्न नसकेको उनले बताएका छन् ।

बीबीसीमाप्रकाशित रिपोर्टका अनुसार उत्तर कोरियामा खाद्य सामग्रीको मूल्यले आकाश छोइरहेको छ । उत्तर कोरियाली समाचार एजेन्सी एनके न्यूजका अनुसार उत्तर कोरियामा केरा प्रति किलो ४५ सय डलर (लगभग पाँच हजार रुपैयाँ) मा बिकिरहेको छ ।

उत्तर कोरियामा संकट कोरोना महामारीका कारण पनि गम्भीर भएको छ किनभने उसले छिमेकी देशसँग आफ्नो सीमा बन्द गरेको छ ।

यसैकारण चीनसँग व्यापार कम भयो । उत्तर कोरिया खाद्य सामग्री, मल र इन्धनका लागि चीनमाथि निर्भर छ ।

यसका साथै उत्तर कोरिया अन्तर्राष्ट्रिय  प्रतिबन्धसँग पनि जुधिरहेको छ जुन उनको परमाणु कार्यक्रमका कारण लगाइएको थियो ।

किम जोङ उनले देशको सत्ताधारी वर्कर्स पार्टीको महत्वपूर्ण सेन्ट्रल कमिटीको बैठकमा देशमा खानाको हाहाकारको स्थितिबारे चर्चा गरे जुन यसै हप्ता राजधानी प्योंगयांगमा सुरु भयो ।

उत्तर कोरियामा कृषि उत्पादनमा कमी आएको छ तर किमले बैठकमा पछिल्लो एक वर्षको तुलना गर्ने हो भने देशको औद्योगिक उत्पादनमा वृद्धि भएको बताएका छन् ।

बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धबारे पनि चर्चा हुने बताइएको थियो तर यसबारे जानकारी भने दिइएको छैन ।

किमले यस वर्या अप्रिलमा पनि उनको देश कठिनाइसँग गुज्रिरहेको स्वीकारेका थिए । किमको यो स्वीकारोक्तिलाई दुलर्भ मानिएको थियो ।

उनले त्यतिबेला अधिकारीसँग आफ्ना जनतालाई मुश्किलबाट थोरै भएपनि राहत प्रदान गर्नका लागि पुनः एक ‘मुश्किल मार्च’ सुरु गरिने बताएका थिए ।

यो शब्दको प्रयोग उत्तर कोरियामा ९० को दशकमा गरिएको थियो जब देश भारी अनिकालसँग जुधिरहेको थियो । त्यतिबेला सोभियत संघ बिघटन भएपछि उत्तर कोरियाले मद्दत पाउन बन्द भएको थियो ।

उक्त अनिकालको समयमा भोकमरीले कति जनाको मृत्यु भएको थियो, यसको स्पष्ट जानकारी त छैन तर यो संख्या करिब ३० लाख  भएको हुनसक्ने अनुमान गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.