शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङमै रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल पोखरा फर्किए

शुक्रबार, ०४ असार २०७८, ०९ : ४५
शुक्रबार, ०४ असार २०७८

पोखरा । मौसममा आएको खराबीका कारण मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल पोखरा फर्किएका छन् । 

बिहिबार पोखराबाट राहत सामाग्रीसहित मनाङको चामे पुगेका मुख्यमन्त्री पोखरेल सहितको टोली मौसममा खराबी आएपछि उतै रोकिएका थिए । शुक्रबार बिहान मौसममा सुधार आएपछि उनीसहितको टोली पोखरा फर्किएको हो ।

चार दिनदेखि अविरल परेको बर्षासंगै आएको बाढी पहिरो गएर घरबार विहीन भएका नागरिकलाई राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर घलेलगायत नेपाली सेनाको हेलिकोप्टरमा मनाङ गएका थिए । 

अपराह्न पोखरा फर्किने तयारी गरिरहेको बेला मौसम बिग्रिएपछि मुख्यमन्त्रीसहितको टोली उतै अड्किएको थियो । 

राहत लिएर गएको टोलीलाई लिन पोखराबाट गएको प्रभु एअरको हेलिकोप्टर पनि मौसम खराब हुँदा पोखरा फर्किएको थियो । 

गण्डकी प्रदेशसभामा शुक्रबार (आज) मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री पोखरेल मनाङमा रोकिएपछि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम के हुने भन्ने जिज्ञासा उठेको थियो । 

तर, मौसममा सुधार आएर उनीसहितको टोली पोखरा फर्किसकेकोले आज मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने निश्चित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप