हावाहुरी र पानीका कारण पाटनमा बेपत्ता भएका ७ जना सकुसल भेटिए
जुम्ला र जाजरकोटको सिमाना कुशे गाउँपालिकाको जलजला पाटन क्षेत्रमा बेपत्ता भएका सात जनाको उद्धार गरिएको छ । कुशे गाँउपालिका वडा नम्बर ८ र ९ औलरिजाको ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मीमबहादुर खड्का र कुशे–९, का ४० वर्षीय कृष्ण रोकाया शुक्रबार बिहान भेटिएका छन् ।
जाजरकोट प्रहरीका अनुसार खाना नखाएका र चिसोका कारण उनीहरुको अवस्था नाजुक भएकाले प्राथमिक उपचार पाटनमा नै गरिएको छ। मंगलबार गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाउँपालिका ८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जनामध्ये सातजना बेपत्ता भएको थिए ।
जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती