सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

डि ब्रुयानेको निर्णायक गोलमा बेल्जियम विजयी

शुक्रबार, ०४ असार २०७८, ०९ : २९
शुक्रबार, ०४ असार २०७८

कोपेनहेगनमा बेल्जियमका लागि उक्त खेल पक्कै सहज थिएन । तर, एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै उसले आयोजक डेनमार्कलाई २–१ ले स्तब्ध पारेको छ । 

युसुफ पोल्सेनले खेलको दोस्रो मिनेटमै गोल गर्दै घरेलु समर्थकहलाई निकै उत्साहित बनाए । १० औं मिनेटमा भर्खरै निको भएका क्रिष्ट्रियन इक्रिसनको सम्मानमा एक मिनेट खेल रोकियो । तर, यसका बाबजुद डेनमार्कको लय रोकिएन । 

पहिलो हाफमा उसले १–० कै अग्रता बतायो  त्यसपछि रोबर्टो मार्टिनेजले केभिड डि ब्रुयानेलाई मैदान पठाए । र, बेल्जियमको आक्रमण तेज भयो । उनले पहिलो गोलका लागि थोर्गान हाजार्डलाई पास दिए । त्यसपछि उनले आफैं बेल्जियमका लागि निर्णायक गोल गरे ।

बेल्जियमले समूह चरणमा दुई खेलबाट ६ अंक बटुलेको छ । यता, डेनमार्क भने समूहमा अंकविहिन छ । यद्यपी, घरेलु मैदानमा आफुले बलियो बेल्जियमविरुद्ध गरेको प्रदर्शनमा डेनमार्कले गर्व गर्नसक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप