दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार अभियुक्त पक्राउ
दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
सप्तरी जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले विसं २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको कसुरमा मुखियालाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो ।
सप्तरी जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीका अनुसार मुखियासहित उहाँका सालाहरू तिलाठी कोइलाडी गाउँपालिका–५ का ३३ वर्षीय श्यामा मुखिया, ३५ वर्षीय डोमा भनिने डोमी मुखिया र उनीहरूका बुवा ५५ वर्षीय बिकु मुखियालाई जनही १३ वर्ष कैद सजाय भएको छ ।
आरोपितहरूले विसं २०६४ असोज ९ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले २०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनुभएको थियो । गाउँका आठदेखि १२ वर्षका छ बालबालिका भैँसी चराउन कोशीटप्पु कटैया पलार गएका बेला आरोपितहरूले अन्य बालकलाई हतियार देखाई कुटपिट गरी डोरीले बाँधेको र होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै सामूहिक बलात्कार गरेको पीडितकी आमाको आरोप छ । आरोपितमध्ये श्यामा २०७७ चैत ९ गते पक्राउ भई राजविराज कारागारमा कैद छन् ।
श्यामाका दाजु डोमीको मृत्यु भएकाले सजाय माफी भएको छ । उनीहरूका बुवा बिकु अझै फेला परेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?