बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डोटीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु

बिहीबार, ०३ असार २०७८, २२ : ३६
बिहीबार, ०३ असार २०७८

लगातारको वर्षाका कारण पहिरो खस्दा आज जिल्लाका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीय बालिका जेनिषा विष्ट रहेका छन् । गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला उनीहरू पहिरोमा पुरिएका थिए ।
 
दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथिबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए । च्यापिएको खबर थाहा पाएपछि नेपाल प्रहरी, स्थानीयवासी उक्त स्थानमा पुगी पहिरो पच्छ्याएर निकाल्दा उनीहरूको मृत्यु भइसकेको थियो । जिल्लामा पहिरोमा परेर हालसम्म तीन जनाको ज्यान गइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप