शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपहिरो डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

बिहीबार, ०३ असार २०७८, २० : ०३
बिहीबार, ०३ असार २०७८

अविरल वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । यहाँका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्ये तथा भासिँदै गएपछि गाडी चल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराको, बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोराल खोला–रेल र पोखरा–बेलापुर सडकमा यातायातका साधन चल्ने अवस्था छैन । 

अविरल वर्षाले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका अन्तर्गत अमरगढी–७ पोखरा तिलाडी कृषि सडक अमरगढी–११ डोला बडाल सडक खाल्टा–खुल्टी र हिलाम्मे भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाको सडक भासिएको छ । गन्यापधुरा–२ को कोर गाउँ जोड्ने जिरो पोइन्ट र पारि खेत जोड्ने बाटो अवरुद्ध भएको छ ।

जता–तेतै भिरालो ठाउँमा सडक खन्नाले सडकको स्तरोन्नती नहुँदा समस्या आएको नवदुर्गा गाउँपालिका–४ का स्थानीय गणेश कैनीले गुनासो गरे । सडक अवरुद्ध हुँदा दैनिक जीवनमा समस्या परेको छ । ग्रामीण सडक अवरुद्ध हुँदा सदरमुकाम आउन समस्या भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप