शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश, अनलाइन पेमेन्ट गर्दा १५% छुट

बिहीबार, ०३ असार २०७८, १९ : २९
बिहीबार, ०३ असार २०७८

काठमाडौं । दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश भएका छन् ।  दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आज बिहीबारदेखि बैंक डेज अफर पुनः सुरु गरेको जनाएको छ । 

यस अफर मार्फत ग्राहकले कार्ड प्रि पेमेन्ट गरेमा १५% रु ५०%सम्मको छुट पाउन सक्ने पनि दराजले जनाएको छ । यी बैंकहरु दराजका ४ अन्य साझेदार बैंकहरू– सानिमा बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक, र स्टान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ । दराज बैंक डेजमार्फत ग्राहकहरू हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छुटको मजा लिन सक्नेछन् ।

माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डबाहकहरूले हरेक बिहीबार दराज एपमार्फत विभिन्न छुट प्राप्त गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप