शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनासँगै पानीजन्य रोग फैलन सक्छ सचेत रहौं : स्वास्थ्य मन्त्रालय

बिहीबार, ०३ असार २०७८, १९ : २८
बिहीबार, ०३ असार २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोको जोखिम बढेसँगै पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने चेतावनी दिएको छ । मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बाढी पहिरोबाट पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने भएकोले सबैलाई सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा बाढी पहिरोको जोखिम भएका बेला जनस्वास्थ्यका समस्याहरु बढ्न सक्ने भएकाले सजग रहन आग्रह गरिएको छ । 

‘बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढन सक्नेतर्फ सबै सजग हुनु जरुरी देखिन्छ । उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरूको ख्याल गरी पालना गर्न गराउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस वासको प्रबन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरूमा ध्यान दिन अनुरोध छ’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 

जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालय र प्रदेशका सम्बन्धित निकायहरु मार्फत स्वास्थ्य आपतकालिन केन्द्रहरूले समन्वय गरिरहेको समेत विज्ञप्तीमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप