बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मनाङमै रोकिए

बिहीबार, ०३ असार २०७८, १८ : ५३
बिहीबार, ०३ असार २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङमै रोकिएका छन् । चार दिनदेखि अविरल परेको बर्षासंगै आएको बाढी पहिरो गएर घरवारबिहिन भएका नागरिकलाई राहत लिएर मनाङ गएको मुख्यमन्त्री सहितको टोली खराब मौसमका कारण हेलीकप्टर उड्न नसक्दा मनाङमै रोकिएका हुन् । 

बिहीबार पोखराबाट राहत लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर घलेलगायत नेपाली सेनाको हेलिकप्टरमा मनाङ गएका थिए । तर, अपरान्ह पोखरा फर्किने तयारी गरिरहेका बेला मौसम बिग्रिएपछि मुख्यमन्त्रीसहितको टोली उतै अड्किएको हो । 

राहत लिएर गएको टोलीलाई लिन पोखराबाट गएको प्रभु एयरको हेलिकोप्टर पनि मौसम खराब हुँदा मनाङको बगर छापमा ल्याण्ड गरेको पत्रकार प्रकाश ढकालले जानकारी दिए । गण्डकी प्रदेशसभामा शुक्रबार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री पोखरेल मनाङमा रोकिएपछि भोलिको प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम के हुने भन्ने जिज्ञासा उठेको छ ।

तर,गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले मौसम खुल्नासाथ पोखरा फर्किने, यदि कुनै हालतमा फर्कन नसकेको अवस्थामा कार्यसूची परिवर्तन गरेर पर्सिका लागि विश्वासको मत लिने ब्यवस्था मिलाउनका लागि प्रदेश सचिवालयलाई जानकारी गराएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप