शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको संस्थापक सेयर बिक्रीमा, प्रति सेयर मूल्य १४०

बिहीबार, ०३ असार २०७८, १८ : ५३
बिहीबार, ०३ असार २०७८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स बंैक लिमिटेडको संस्थापक समूह अन्र्तगतको ९ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । 

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १ हजार कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ, संस्था तथा व्यक्तिहरुले असार २ गते देखि असार १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप