निषेधाज्ञाको एक महिनामा बैंकमा भित्रियो ३६ अर्ब
बिहीबार, ०३ असार २०७८, १८ : ११

बाणिज्य बैंकहरुले एक महिनामा ३६ अर्ब निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो महिनाको तुलनामा बैंकको निक्षेप तीन गुणाले बढेको हो । बैशाखमा ११ अर्ब निक्षेप संकलन गरेका बैंकहरुमा जेठमा मात्रै ३६ अर्ब निक्षेप आएको छ । यता, कर्जा लगानी पनि जेठमा ३५ अर्बले भएको छ । कर्जा लगानी भने अघिल्लो महिनाको तुलनामा घटेको हो । अघिल्लो महिना ३८ अर्ब कर्जा लगानी भएको थियो ।
हालसम्म बाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । जेठ महिनाको अन्तिम तिन दिनमै ९ अर्ब निक्षेप भित्रिएको थियो भने कर्जा लगानी ४ अर्ब भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश
-
ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार
-
१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने
-
पार्टीको आमसभा स्थगित गरेर ज्ञानेन्द्रको स्वागतमा राप्रपा