काँग्रेस अधिवेशन साउन १२ देखि सुरु हुने
नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्तावलाई संशोधन गरि बिहीबार बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशन साउन १२ गतेका लागि तय गरेको हो । काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएको हो । भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन १२ गतेबाट वडा अधिवेशन गरिने छ ।
गाउँ र नगरपालिका अधिवेशन साउन १६ गते हुनेछ । प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यस्तै काँग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २३ गते गर्ने गरी कार्यतालिका बनाएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको जिल्ला अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाहरुको अधिवेशन पनि साउन २६ मै हुने छन् । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २६ गते हुनेछ । प्रदेश समितिहरूको अधिवेशन भने २०७८ भदौ १ र २ गते हुनेछ ।
महाधिवेशन गर्नका लागि काँग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउन चुनौती रहेको छ । क्रियाशील सदस्यता छानबिनका लागि असार २० सम्म म्याद दिए पनि समितिले असार मसान्तसम्मको समय माग गरेको छ । असार मसान्त पार्टी सभापतिले निर्वाचन समितिलाई बुझाउन समय केही पछाडि सार्न समितिको सुझाव छ ।
हालसम्म ८ लाख ३ हजार क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छ । अझै १६ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छैन । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समयमै टुङ्ग्याइने बताए । उनले छानबिन समितिका कारण महाधिवेशन नरोकिने र कुनै पनि हालतमा प्रभावित हुन नदिने बताए ।
उनले असार ६ गतेसम्म क्रियाशील सदस्यताउपर उजुरी आह्वान गरिएको भन्दै मापदण्ड अनुसार सबै जिल्ला र क्षेत्रको सदस्यता टुंगो लाग्ने बताए । ‘सदस्यता छानबिन समितिले मापदण्ड बनाएको छ । त्यही मापदण्डका आधारमा सदस्यतासम्बन्धी विवाद टुंग्याउँछौं’, लेखकले भने । लेखकले सदस्यताका कारण पार्टीको आसन्न महाधिवेशन नरोकिने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक गोइत पुरस्कृत
-
दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध
-
प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखे : माधव नेपाल
-
यो अप्राकृतिक सरकार भएकाले अब चल्न सक्दैन : प्रचण्ड
-
तस्बिरमा हेर्नुहोस् सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा
-
भुक्तानी नपाएको भन्दै राष्ट्रिय भेला बोलाएपछि व्यवसायीसँग अर्थमन्त्री ‘आक्रोशित’