बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राहत र उद्धारको काम प्रभावकारी बनाउन सरकारलाई माधव समूहको आग्रह

बिहीबार, ०३ असार २०७८, १६ : ४२
बिहीबार, ०३ असार २०७८

नेकपा (एमाले)को खनाल–नेपाल समूहले बाढी पहिरो पीडितहरूको उद्धार र राहतका कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार बसेको स्थायी समिति बैठकपछि नेता माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरूको उपचार गर्न ध्यानाकर्षण गराएको हो ।

‘वर्षा याममा प्रत्येक वर्ष जसो नपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्वतयारी गरिएको देखिनु दुखको विषय हो । यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप