शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबार पनि आएन नेप्सेमा सुधार, थप १.२९ अंकको गिरावट

बिहीबार, ०३ असार २०७८, १६ : २०
बिहीबार, ०३ असार २०७८

गत बुधबार एकैदिन ५२.४१ अंकले घटेर २९६९.६९ बिन्दुमा ओर्लिएको नेप्सेमा सुधार आउन सकेन । नेपाल स्टक एक्सचेन्ज –नेप्से) का अनुसार आज बिहीबार थप नेप्से परिसूचक १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा झरेको हो ।
साताको अन्तिम कारोबार दिन समेत रहेको आज २२३ कम्पनीका २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर १ लाख २४ हजार ५६१ पटक किनबेच हुँदा कुल १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको कारोबार भएको छ । 

यस दिन होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स,जीवन बीमा, निर्जीवन बीमा बाहेकका सबैजसो समूहहरु ऋणात्मक भएका छन् ।  गत मंगलबार धितोपत्र बोर्डले अनैतिक गतिविधि गर्दै सेयर बजारमा चलखेल गरेको भन्दै ५१ कम्पनीको नामावली सार्वजनिक गरेसँगै सेयर बजारमा क्रमिक रुपमा गिरावट आएको लगानीकर्ताहरुको आरोप छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप