युरोकपमा आज को–को भिड्दै ? कसको खेल कस्तो ?

युरोकप फुटबल अन्तर्गत आज ९ः४५ मा डेनमार्क र बेल्जियम भिड्दैछन् । फिफा वरियताको पहिलो नम्बरमा रहेको बेल्जियम प्रतियोगिताकै दाबेदार हो । उसले पहिलो खेलमा रुसलाई ३–० ले हराएर आफ्नो दाबेदारी पेश गरिसकेको छ । यता, स्टार खेलाडी क्रिष्ट्रियन इरिक्सन मैदानमै ढलेको पहिलो खेलमा डेनमार्क फिनल्यान्डसँग १–० ले पराजित भएको थियो । त्यस बिर्सन लायक रातमा डेनमार्कका खेलाडीहरु मानसिक रुपमा थकित थिए । तर, त्यस नतिजाले डेनमार्कको युरो अभियानलाई नै प्रभावित गर्नसक्छ । त्यसैले, डेनमार्कलाई दोस्रो चरणमा पुग्ने आशा बलियो बनाउन आज जित निकाल्नुपर्ने जरुरी छ । जो सहज छैन । घरेलु मैदानमा खेल हुने भएकाले अवश्यक पनि डेनमार्कको मनोबल भने उच्च हुनेछ ।
फेरि फिनल्यान्ड विरुद्ध युरोको पहिलो खेल गुमाए पनि त्यसअघि भने उसको प्रदर्शन उत्कृष्ट थियो । डेनमार्कले त्यसअघि खेलेका ५ खेलमध्ये एकमा बराबर र चारमा जित हासिल गरेको थियो । यता, बेल्जियमले पनि पछिल्लो ६ खेलमध्ये चारमा जित र दुईमा बराबरी खेलेको छ । इडेन हाजार्ड, रोमेलु लुकाकु, टिलम्यान्स, यानरिक कारास्कोलगायत एक से एक स्टार बेल्जियमको टोलीमा छन् । चोट पूर्ण निको नभइसकेकाले केभिन डि ब्रुयाने भने आजको खेलमा मैदानमा उपस्थित नहुन सक्छन् ।
युक्रेन र उत्तरी मेसिडोनिया
यस खेलअघि आज साँझ ६ः ४५ मा युक्रेन र उत्तरी मेसिडोनियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै टोलीले आफ्नो पहिलो खेल गुमाएका थिए । युक्रेनलाई नेदरल्यान्डले ३–२ ले हराएको थियो भने उत्तरी मेसिडोनिया अस्ट्रेलियासँग ३–१ ले पराजित भएको थियो ।
नेदरल्यान्डस् र अस्ट्रिया
मध्यराती १२ः४५ मा नेदरल्यान्डस् र अस्ट्रियाबीच खेल हुनेछ । आफ्नो पहिलो खेलमा नेदरल्यान्डले युक्रेनविरुद्ध ३–२ को जीत निकालेको थियो । यता, अस्ट्रियाले उत्तरी मेसिडोनियाविरुद्ध ३–१ को जित निकालेको थियो । माथिईज डि लिग्ट, मेम्फिस डेपे, फ्रयाङ्की डि जोङ, जर्जिनियो विज्नाल्डुमलगायत स्टार खेलाडीहरुले भरिएको नेदरल्यान्डस्लाई प्रतियोगिताको दाबेदार मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध