शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा २० प्रतिशत छुटमा चामल बिक्री गरिँदै

बिहीबार, ०३ असार २०७८, १५ : ५१
बिहीबार, ०३ असार २०७८

 खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय झापाले सहुलियत दरमा चामल बिक्री गरिरहेको छ  । सरकारले बजेट भाषणमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेसँगै चामल बिक्री गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयले जेठ २१ गतेदेखि चामल बिक्री गर्न थालेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरिरहेको उनले जानकारी दिए । 

कार्यालयले १ हजार ४१० रुपैयाँ वास्तविक मूल्य रहेको प्रति ३० केजी दरको अरुवा सोना मन्सुली चामल १ हजार १२८ र १ हजार ६२५ रुपैयाँ वास्तविक मूल्य रहेको २५ केजी दरको स्टिम जिरा मसिनो चामल १ हजार तीन सयमा बिक्री गरिरहेको छ । हालसम्म कार्यालयले २ सय ६० क्विन्टल चामल बिक्री गरिसकेको जनाएकोछ ।

सहुलियत दरमा चामल उपलब्ध भएपछि दैनिक उपभोक्ताको भिड लाग्न थालेको छ । कार्यालयले सरकारले जारी गरेको परिचयपत्रको प्रतिलिपि प्रमाणको रुपमा लिने गरेको छ । सहुलियत मूल्यको चामल निषेधाज्ञा अवधीभरमात्र बिक्री गरिने प्रमुख राई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप