बालकुमारीमा जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक जारी
बिहीबार, ०३ असार २०७८, १५ : ४१

जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक जारी छ । जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजेदेखि सुरु भएको बैठक अझै जारी रहेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राइले बताए ।
बैठकमा पार्टीका आन्तरिक विवाद, निर्वाचन आयोगको निर्णय, देशको समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
पार्टीमा आन्तरिक विवादका कारण अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक नरहेको जानकारी हिजो विज्ञप्ति जारी गरेर बताएका थिए ।
यादव पक्षको कार्यकारिणी समितिको बैठकले गर्ने कुनै पनि निर्णय मान्य नहुने विज्ञप्तिमा उल्लेख गरेका थिए र सो बैठकको बारेमा निर्वाचन आयोगलाई पनि जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा
-
रौतहटमा रोकिएन हात्तीको विध्वंश
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल