सरकार निर्वाचन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर हुने प्रदेश र सांसदको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताएका हुन् ।
नेपाल संवत् ११३८ शुभारम्भको अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने “हामी संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्ने चरणमा आएका छाँै, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेर यसलाई पूरा गर्न सक्छौं, त्यसैले निर्वाचन सफल पार्न सबैको सहयोग रहने विश्वास लिएका छौ ।”
‘नेपाल मौलिक सम्बंत भएकाले यसको संरक्षको लागि म सहयोग गर्न तयार छु । ’
राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न सके मात्र मुलुक सवल हुने भन्दै प्रधानमन्त्रीले यसको लागि सबैलाई एक हुन आग्रह गरेका छन् ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न प्रेरणा दिने नेपाल संवत्का प्रवद्र्धक साख्वाको योगदानको चर्चा गर्दै उनले नेपाली जनतालाई समानताको व्यवहार गर्ने साख्वाले चलाएको यो संवत् नेपालीको मौलिक संवत् भएको पनि बताए ।
सो अवसरमा प्रधामन्त्री देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा नरेन्द्र भक्त हाडा र देबेन्द्र कुमार मल्ललाई प्रतिष्ठानको तर्फबाट प्रधामन्त्रीले सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा रक्षा मन्त्री भिमसेन दास प्रधान, एमाले नेता कृष्णगोपाल श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणा, भक्तपुरस्थित सरकारी कार्यलयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’
-
वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता
-
नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
-
धनीहरूको क्लबमा ‘इगो प्रोब्लम’, शेष घले भर्सेस बद्री केसी !
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान