काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा दुई बजेका लागि बाेलाइएकाे बैठक साढे ३ बजेदेखि सुरु भएकाे हाे । बैठकले शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन कार्यतालिका थप संशोधनसहित पारित गर्नेछ ।
पदाधिकारी बैठकबाट पारित नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनेको छ ।
भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ ।
प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ गते हुनेछ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २० गते गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको जिल्ला अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाहरुको अधिवेशन पनि साउन २० मै हुनेछन् ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २४ गते हुनेछ । संशोधित तालिकाअनुसार प्रदेश समितिहरूको अधिवेशन २०७८ भदौ १ र २ गते हुनेछ भने महाधिवेशनको मिति भदौ १६–१९ गतेसम्म प्रस्ताव गरिएको छ । कोरोना महामारी र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी बैठकमा महाधिवेशन गर्ने विकल्पका विषयमा पनि छलफल हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
बागमतीको संसदीय समितिमा राप्रपाले गर्यो मनोनयन दर्ता
-
प्रचण्ड र ओलीसँग सशङ्कित कांग्रेस, विश्वासको मतमा अवरोध गर्ने योजना
-
करार कर्मचारीलाई निकालेपछि ट्रेड युनियन कांग्रेस धादिङले गर्यो भर्त्सना
-
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल
-
इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति