बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

बिहीबार, ०३ असार २०७८, १५ : ३३
बिहीबार, ०३ असार २०७८

पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आज दिउँसो ३ बजेपछि  खुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै खसेको पहिरो सडक कार्यालयको डोजरले हटाएपछि एकतर्फी रुपमा खुलेको हो । सडक एकतर्फी रुपमा सूचारु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

तीन दिनदेखि रोकिएका सवारी साधन अहिले आ–आफ्नो  गन्तव्यतर्फ लागेका छन् । यता मंगलबार मध्यान्हदेखि महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरङ्गे नजिकै  भासिएर अवरुद्ध  भएको सडक पनि  खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप