बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजनाले बाढीले कटान गरेको स्थानमा अस्थायी बाटो बनाउने

बिहीबार, ०३ असार २०७८, १५ : ०७
बिहीबार, ०३ असार २०७८

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची बाढीले कटान गरेको बाटो खुलाउने तयारी गरेको छ । यसबारे आज ठेकेदार कम्पनी, परामर्शदाता कम्पनीसँग छलफल भएको प्रवक्ता राजेन्द्र पन्तले जनाकारी दिए ।  मंगलबार साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा पर्ने सडक कटान गरेको छ भने ३ वटा पुल बगाएको छ । 

आयोजनास्थलमा क्षतिको अवस्था मूल्याङ्कनका लागि  मेलम्ची खानेपानी परियोजनाका पदाधिकारी, ठेकेदार कम्पनीले स्थलगत अध्ययन गर्ने तयारी भएको छ ।  अहिले स्थलमार्गबाट आयोजना स्थलमा पुग्न कठिनाई हुने भएकोले हेलिकोप्टरबाट गएर निरीक्षण गर्ने तयारी भएको प्रवक्ता पन्तले जानकारी दिए । 

बाढीले आयोजनास्थलको सुरुङ मार्गमा पानी पठाउने बाँध पुरेको छ भने आयोजनास्थलमा रहेका निर्माण सामग्री, निर्माण उपकरण तथा कामदार बस्ने शिविर बगाएको छ । यस्तै बाढीले बेपत्ता भएकाहरुको पहिचानका लागि प्रहरीलाई उनीहरुको विस्तृत विवरण उपलब्ध गराइएको पन्तले बताए । आयोजनास्थलमा काम गर्ने ३ चिनियाँ, ३ भारतीय र २ जना नेपाली गरी ८ जना वेपत्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप