शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको टोली राहत सामाग्रीसहित मनाङ जाँदै

बिहीबार, ०३ असार २०७८, १४ : ४०
बिहीबार, ०३ असार २०७८

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ जाने भएका छन् । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्री सहितको टोली आज मनाङ जान लागेका हुन् । 

मुख्यमन्त्री सहितको टोली गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरेर राहत सामग्री सहित  मनाङ जान लागेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सरकारले प्रदेशस्तरीय विपद कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको उनले बताए । 
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री पोखरेलले जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई विपदमा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्व तयारीमा रहन निर्देशन निर्देशन दिएका छन् ।  त्यसैगरी बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन समेत दिएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि पद बहालीका क्रममा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन निर्देशन समेत दिएको प्रवक्ता खड्काले बताए ।  यसअघि प्रदेश सरकारले प्रदेशका ९ जिल्लाका लागि १०÷१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २÷२ लाख रुपैयाँ पठाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप