मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेन–पुटिन सम्मेलन : राजदूत पुनर्बहाली गर्ने सहमति

बिहीबार, ०३ असार २०७८, १४ : ३४
बिहीबार, ०३ असार २०७८

रुस र अमेरिकाले एकअर्का देशमा आफ्ना राजदूत पुनर्बहाली गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच स्विट्जरल्यान्डमा भएको सम्मेलनका क्रममा यस्तो सहमति जुटेको हो । यसअघि गत अप्रिलमा अमेरिकाले रुसबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो भने रुसले पनि जवाफी कदम स्वरुप वासिङ्टनबाट राजदूतलाई बोलाएको थियो । 

त्यसैगरी दुबै देशले परमाणु हतियार नियन्त्रण सन्धिलाई निरन्तरता दिन लागि वार्ता सुरु गर्ने सहमति गरेका छन् । यसबाट विश्वमा परमाणु हतियारको खतरा कम हुने अपेक्षा गरिएको छ । रुसी राष्ट्रपति पुटिनले वार्ता फलदायी रहेको बताएका छन् । बाइडेनसँग युक्रेनको मुद्दामा पनि वार्ता भएको उनले बताएका छन् । भेटमा बाइडेनले रुसका विपक्षी नेता एलेक्सेई नाभेल्नीलाई जेल हाल्नुको कारण सोधका थिए ।

जवाफमा नाभेल्नीले दुईपटक कानून उल्लंघन गरेको पुटिनले बताएका थिए । त्यस्तै, पुटिनले पनि अमेरिकामा भएको अश्वेतको हत्या र संसद् भवनमा भएको हमलाको घटना उठाए । उनले यी घटनाप्रति सहानूभूति व्यक्त गर्दै आफ्नो देशमा यस्तो नहोस् भन्ने चाहेको बताए । अमेरिकी राष्ट्रपति बाइडेनले पनि भेटवार्ता फलदायी नै रहेको बताएका छन् । दुई राष्ट्रपति बीचको छलफल झन्डै तीन घण्टासम्म चलेको थियो ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप