शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको दावी : प्रतिनिधिसभा विघटन राजनीतिक विषय हो,  कानुनी छिद्रहरुले राजनीतिक स्थिरता दिन सक्दैन

बिहीबार, ०३ असार २०७८, १३ : ५४
बिहीबार, ०३ असार २०७८

प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको दावी गरेका छन् । ‘प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो । सरकारको गठन वा विघटन राजनीतिक कारणहरूले हुन्छ । नयाँ स्थिर सरकार बन्छ वा बन्दैन भन्ने कुरा तत्कालीन राजनीतिक समीकरणका आधारमा हुन्छ ।

यस्ता राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने संवैधानिक अभ्यास रहेको छ’, ओलीले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा बुझाएको लिखित जवाफमा भनिएको छ ।  ओलीले कानुनी छिद्रहरुले राजनीतिक स्थिरता दिन नसक्ने पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप