शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अरुण कुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूतमा पदोन्नति

बिहीबार, ०३ असार २०७८, १३ : १४
बिहीबार, ०३ असार २०७८

काठमाडौं । नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीको अवैतनिक महावाणिज्यदूत पदमा पदोन्नती गरेको छ ।

उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा पदोन्नति गरेको हो । यस अघि उनी २५ अगष्ट २०१४ देखि हंगेरीको अवैतनिक वाणिज्यदूत नियुक्त भई कार्यरत थिए ।

उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गा बहादुर सुवेदीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । डा. सुवेदीले उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गरे । 

अरुण कुमार चौधरी नेपालको व्यवसायिक घराना सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । कार्यक्रममा उनले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप