शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली फिल्ममा भिलेन बन्लान् त सुनिल शेट्टी ?

बिहीबार, ०३ असार २०७८, १२ : ४७
बिहीबार, ०३ असार २०७८

‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्ट मल्टीस्टार कलाकार लिएर फिल्म बनाउन माहिर छन् । उनको निर्देशन रहेको दुई मध्ये एक फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शन हुन बाँकी छ । कोरोनाको कहर नआएको भए सायद फिल्म प्रदर्शन अहिलेसम्म भइसक्ने थियो ।

निर्देशक भट्टको ‘लप्पन छप्पन’ का दुबै सिरिज एक्सनमा आधारित छन् । अहिले भने उनी तेस्रो फिल्म ‘एक्स ९–लेभल १’ को तयारी गर्दैछन् । जसको घोषणा उनले केही पहिले गरेका थिए । यो नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म हुने दाबी निर्माण युनिटको रहेको छ ।

नेपालका चलेका कलाकार लिएर फिल्म बनाउने भट्टको अबको फिल्म ‘एक्स ९– लेभल १’ मा बलिउड अभिनेता सुनील शेट्टी पनि रहनेछन् । यो बिषय भट्ट आफैले बाहिर ल्याएका हुन् । एक महिना अगाडि फिल्म अभिनयको बिषयमा शेट्टीसँग कुराकानी भएको समेत  भट्टले बताउँदै आएका छन् । भट्टले शेट्टीलाई फिल्मको भिलेनको रुपमा अफर गरेका हुन् । शेट्टी पनि अभिनयका लागि राजी भएको भट्टको भनाई रहेको छ ।

आफ्नो फिल्म ‘एक्स ९–लेभल १’ मा शेट्टी रहने निर्देशक भट्टले बताउँदै आएपनि शेट्टीले भने नेपाली फिल्म अभिनय बिषयमा अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएका छैनन् । फिल्म ‘एक्स ९– लेभल १’ मा नेपाली कलाकार अनमोल केसी, पुष्प खड्का र सौगात मल्ल रहने चर्चा छ । तिहारपछि छायाँंकन हुने बताइएको फिल्मका कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप