शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आज कहाँ–कहाँ छ बाढीको खतरा ?

बिहीबार, ०३ असार २०७८, १२ : ४१
बिहीबार, ०३ असार २०७८

आज विहानको मापनअनुसार बदिगाड रुद्राबेनी र सुनकोशी दोलालघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको छ । सबैभन्दा बहाव भने सतर्कता तहभन्दा तलै छ ।

महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक र भारी वर्षा भइ बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भइ सर्तकता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

त्यस्तै, कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव समान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै हुनेछ । पश्चिम राप्ती, तिनाउ, बबईका स–साना नदीजलाधारमा बहाव बढ्दो हुने र केहीमा सतर्कता तह पुग्न सक्ने बताइएको छ । केही नदीहरुमा आकस्मिक बहाव पनि हुनसक्ने महाशाखाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप