मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा पहिरोमा परेर ३ जना घाइते, हेलिकप्टरबाट उद्दार गर्ने तयारी

बिहीबार, ०३ असार २०७८, १२ : ४०
बिहीबार, ०३ असार २०७८

जुम्लाको पातारासी गाउँपालिका–३ स्थित लिखे ढुंगामा पहिरोमा परेर ३ जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले रातोपाटीलाई बताए ।

माथिल्लो पाटन (लेक) मा गएका ३ जना प्रतिकुल मौसमका कारण वेशी झर्दै थिए । त्यहीबेला पहिरो आएर उनीहरु घाइते भएका हुन् । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको तर, त्यहाँ पुग्न २ दिन लग्ने हुनाले हेलिकप्टरबाट उद्दार गर्नुको विकल्प नभएको डिएसपी थापाले बताए । घाइतेहरुको नाम खुलेको छैन् ।

जुम्ला स्थित कालिकोट–नाग्मा–मुगु सड्क खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । हिमा गाउँपालिका–३ बाँसगाढमा खसेको पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको डिएसपी थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप