शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१ सय ४३ किलो लागुऔषध गाँजासहित ३ जना पक्राउ

बिहीबार, ०३ असार २०७८, १२ : २३
बिहीबार, ०३ असार २०७८

मकवानपुर । हेटौंडाको थानाभर्‍याङबाट १ सय ४३ किलो ३ सय ग्राम लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ गरेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्‍याङमा रोकिराखेको कन्टेनरलाई चेकजाँच गर्दा कन्टेनरको केविनमा लुकाई ल्याइएको १ सय ४३ किलो ३ सय ग्राम गाँजासहित ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा कन्टेनर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर–५ सिगार्से बस्ने बर्ष २८ का सनक बहादुर तामाङ, सह–चालक बाह्रबिसे–८ मानेश्वमरा बस्ने बर्ष २४ का सोमे तामाङ र कन्टेनरमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१ गल्छराङ बस्ने बर्ष १८ का सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

विषेश सूचनाका आधारमा बुधबार बिहान ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मनहरीबाट हेटौडा तर्फ आईरहेको ना.१ ख ९९१० नम्बरको कन्टेनरबाट सोपरिमाणको लागुऔषध गाँजा फेला पारेको उनले बताए ।

कन्टेनरको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा, कन्टेनर र उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उपर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप