शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

न रोनाल्डो न मेसी, ब्रुनाईमा छन् विश्वका धनी फुटबलर

बिहीबार, ०३ असार २०७८, ११ : ५२
बिहीबार, ०३ असार २०७८

विश्वका धनाढ्य फुटबलको को होलान् ? धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला ।

तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन् । फेइक बोलकिया अहिले २३ वर्षको भए र उनी पोर्चुगलको मारिटिमो क्लबका लागि खेल्छन् । उनी ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् । यी मिडफिल्डरले यसअघि इंलिस क्लब लेस्टर सिटीबाट खेलेका थिए ।

यी फुटबलर ब्रुनाईका सुल्तान हसनल बोल्कियाका भतिजा हुन् । उनको कुल सम्पत्ती १३ अर्ब पाउन्ड छ । जो, क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेसीको भन्दा धेरै नै बढी हो । मेसी र रोनाल्डो दुबैको कुल सम्पत्ति ५० करोड डलरभन्दा बढी रहेको अनुमान लगाइएको छ ।

शाही परिवारको सदस्य हुनुका बाबजुद फुटबलमा करियर खोज्नका लागि यी खेलाडीले आफ्नो परिश्रम जारी गरेका छन् । एएफसी न्युबरीको युवा टोलीबाट खेलेपछि फइकले सन् २००९ मा साउथह्याम्पटनको युवा एकेडेमीमा एक वर्षे सम्झौता गरेका थिए । त्यसपछि उनी आर्सनलमा ट्रायलका लागि गए । यहाँ युथ एकेडेमीमा उनले एक वर्ष बिताए  २०१३ मा लायन सिटी कपमा उनले आर्सनलको प्रतिनिधित्व पनि गरेका थिए । त्यसपछि चेल्सीको युवा टोलीमा एक वर्ष बिताएर उनले २०१६ मा लेस्टर सिटीसँग व्यवासहिक सम्झौता गरे । चार वर्ष लेस्टरमा बिताएपछि सन् २०२० यता उनी पोर्चुगलको मारिटिमो फुटबल क्लबमा आबद्ध छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप