पानीको बहाव बढेसँगै कालीगण्डकी जलविद्युत परियोजना प्रभावित
असार १ गतेदेखि कालिगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुगेसँगै कालीगण्डकी जलविद्युत परियोजनाको विद्युत उत्पादन कार्य प्रभावित बनेको छ ।
परियोजनाका इलेक्ट्रिक सुपरभाइजर युवराज पाण्डेका अनुसार असार १ गते बिहान ४ बजेदेखि बुधबार साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द भयो । बुधबार १२ बजे विद्युत उत्पादन सुरु गर्ने प्रयास गरिए पनि सफल हुन सकेन ।
दैनिक १ सय ४४ मेगावाट विद्युत उत्पादन क्षमताको त्यस परियोजनामा बुधबार साँझ ६ बजे विद्युत उत्पादन सुरु गर्दा ८५ मेगावाट उत्पादन भएको थियो । त्यसपछि क्रमशः बढेर अहिले १ सय ३० मेगावाटसम्म विद्युत उत्पादन भइरहेको पाण्डेले बताए ।
उनका अनुसार असार १ गतेदेखि अहिलेसम्म परियोजनाको ड्याममा पानीको वहाव अधिकतम ४४ सय ८४ मिटर क्युव प्रति सेकेन्ड विन्दुमा पुग्यो । उक्त उच्चतम विन्दु असार १ गतेको हो । विहिबार बिहान पानीको वहाव २९ सय ६१ मिटर क्युव प्रति सेकेन्ड रहेको परियोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या