बन्द भयो चर्चित सिरियल ‘जुठे’
काठमाडौंँ । टेलिसिरियल ‘जुठे’ बन्द भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियल बुधबारबाट बन्द भएको हो । निषेधाज्ञामा चल्दै आएको श्रृखंला अहिले आएर बन्द भएको हो ।
सिरियल बुधबारबाट बन्द भएको निर्देशक मरिच मान श्रेष्ठ ‘बल्छी धुर्बे’ले बताए । ‘सिरियलमा उठाएको बिषयमा केही व्यक्तिले बिवाद पनि गरेका छन्’ श्रेष्ठले भने ‘बिवाद पनि र छायाँकन असम्भव भएको कारण अहिलेलाई ‘जुठे’ रोकेका छौ ।’ निषेधाज्ञा खुलेपनि बिवाद समाधान गरेर फेरि ‘जुठे’ सुरु गर्ने श्रेष्ठको भनाई रहेको छ ।
राजु पौडेल ‘मास्टर’ र श्रेष्ठको संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहदै आएको छ ।
योगेश काजीको संगीत रहेको श्रृखंला राहुल राई र घनश्याम पोखरेलले छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु