शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रवि र राजेशको नयाँ गीत ‘कुर्सी तानातान’

बिहीबार, ०३ असार २०७८, ११ : २४
बिहीबार, ०३ असार २०७८

काठमाडौँ । रवि ओड र राजेश बर्देवाको समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ । नेपाली राजनीति तरङ्गित भएको समय यस्तै बिषयलाई लिएर गायकहरूले गीत बनाएका हुन् ।
गीतमा रवि र राजेशलाई विपना अधिकारी र रेजिना परियारले स्वरमा साथ दिएका छन् । प्रतिभा चापागाईँ तथा एल.पी धमलाको शब्द रहेको गीतमा राजेशले संगीत दिएका छन् ।
गीतको भिडियोमा पनि गायक गायिकालाई देख्न सकिन्छ । शिला क्षेत्रीको निर्देशन रहेको भिडियोमा अनिल विष्टको छायाँंकन र सम्पादन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप