सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहीबार, ०३ असार २०७८, ११ : १९
बिहीबार, ०३ असार २०७८

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोवाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराती बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बु घर भएका रमेश कुमार बस्नेतको मृत्यु भएको भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।

काठमाडौंबाट भक्तपुर जाँदै गरेको सो मोटरसाइकलमा ३ जना सवार थिए । अनियन्त्रित भएर आइल्याण्डमा मोटरसाईकल ठोक्किँदा गम्भिर घाइते भएका बस्नेतको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडी सवार उदयपुर घर भएका लोकेन्द्र मग्राती र सिन्धुलीको तिनपाटन घर भएका अमित जैरु घाइते भएका छन् । उनीहरुकोे त्रि.वि शिक्षण अस्पतालमा उपचार भइरहेको एसपी थापाले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप