बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जीवन विकास लघुवित्तको आईपीओ असार ११ गतेदेखि बिक्रि खुला

बिहीबार, ०३ असार २०७८, १० : ५८
बिहीबार, ०३ असार २०७८

जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएपछि १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न लागेको हो । 

यसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ३० हजार  ४ सय २० कित्ता कर्मचारी र कुल निष्कासनको ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । 

बाँकी १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । यस आइपिओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ । 

यस आईपीओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप