लुम्बिनी प्रदेशका १३ अस्पतालमा स्वास्थ्य सामाग्री वितरण
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित प्रतिमान–निमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेशका १२ जिल्लाका ११ वटा जिल्ला अस्पताल र २ वटा प्रादेशिक गरी १३ वटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।
प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी समुदायस्तरमा फैलिरहेको कारणले उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै राज्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गर्न लागिएको बताए ।
कोभिड–१९ विरुद्ध लड्न सम्बन्धित विभिन्न स्वास्थ्य सामग्रीहरुको अभावमा मृत्युदर बढ्न थालेपछि प्रतिष्ठानको पहल तथा प्रोजेक्ट होप (यु.एस.ए.)को सहयोगमा लुम्बिनी प्रदेशका सरकारी अस्पतालहरुमा स्वास्थ्य सामग्रीहरु व्यवस्था गरिएको हो ।
स्वास्थ्य सामग्री वितरण गरिने अस्पतालहरुमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुर, भेरी अस्पताल नेपालगन्ज, भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल, नवलपरासी, कपिलवस्तु अस्पताल, तौलिहवा, रामपुर अस्पताल, पाल्पा, गुल्मी अस्पताल, तम्घास, अर्घाखाँची अस्पताल सन्धिखर्क, प्युठान अस्पताल बिजुवार, रोल्पा अस्पताल लिवाङ, रुकुम अस्पताल रुकुम पुर्व र बर्दिया अस्पताल गुलरिया रहेको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।
उक्त अस्पतालहरुमा अक्सिजन कन्सनटे«टर १० लिटर (९० थान), अक्सिजन सिलिन्डर ११५ थान, मेडिकल टेन्ट ५ थान, वाईप्याप मेसिन ५ थान, आइसीयू बेड ५ थान, पीपीई सेट २ हजार २ सय थान, सेनिटाइजर १ हजार १ सय ५० लिटर, सर्जिकल माक्स १२ हजार थान, सर्जिकल ग्लोब्स २ हजार थान, फेससिल्ड ४ हजार थान वितरण गरिने उनले बताइन् । अस्पतालहरुमा २ करोड ७० लाख बराबरको सामग्री वितरण गरिने उनले बताइन् ।
त्यस्तै प्रतिष्ठानले रुपन्देहीका ३ वटा गाउँपालिकाद्वारा सञ्चालित आइसोलेशन सेन्टर र कोभिड–१९ अस्थायी अस्पतालमा पनि सहयोग गर्ने जनाएको छ ।
प्रतिष्ठानले रोहिणी गाउँपालिकाद्वारा सञ्चालित आइसोलेशन सेन्टर, शुद्धोधनद्वारा सञ्चालित कोभिड अस्पताल र सियारी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिने थापाले जानकारी दिइन् ।
तीन वटा पालिकामा अक्सिजन कन्सनटे«टर (१० लिटर) १÷१ थान, अक्सिजन सिलिण्डर ५ ५ थान, पीपीई ५० ५० थान, सेनिटाइजर ५० ५० लिटर, सर्जिकल माक्स १ १ हजार थान, सर्जिकल ग्लोब्स ५० ५० थान, फेसशिल्ड ५० ५० थान र सर्जिकल क्याप ५० ५० थान प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान