बेलायतमा एकैदिन ९ हजार बढी संक्रमित

बेलायतमा कोरोना संक्रमण दर गत फेब्रुअरी २५ यताकै सबैभन्दा उच्च कायम भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याँकअनुसार बुधबार ९ हजार ५५ जना नयाँ संक्रमित थपिएका छन् ।
यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ८१४ पुगेको छ । कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा भने अहिलेसम्म खासै बृद्धि भएको छैन् । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ९२६ पुगेको छ । पछिल्लो २४ घन्टामा अस्पताल भर्ना हुनेको संख्या १७३ पुगेको छ भने हाल एक हजार १७७ जनाको अस्पतालमा उपचार भइरहेको छ । हाल २०६ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।
७ करोड २४ लाख भन्दा बढी खोप वितरण
बेलायतमा ७ करोड २४ लाख ६१ हजार भन्दा बढी डोज खोप वितरण भएको छ । पछिल्लो जानकारी अनुसार यहाँ ५७ दशमलव ८ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ७९ दशमलव ८ प्रतिशतले पहिलो डोज लगाइसकेका छन् ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा ७ करोड २४ लाख ६१ हजार ४६२ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड २० लाख २१ हजार ८९ जनाले पहिलो र तीन करोड ४ लाख ४० हजार ३७३ जनाले दोस्रो डोज लगाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना