शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकैदिन ९ हजार बढी संक्रमित

बुधबार, ०२ असार २०७८, २३ : २५
बुधबार, ०२ असार २०७८

बेलायतमा कोरोना संक्रमण दर गत फेब्रुअरी २५ यताकै सबैभन्दा उच्च कायम भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याँकअनुसार बुधबार ९ हजार ५५ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ८१४ पुगेको छ । कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा भने अहिलेसम्म खासै बृद्धि भएको छैन् । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ९२६ पुगेको छ । पछिल्लो २४ घन्टामा अस्पताल भर्ना हुनेको संख्या १७३ पुगेको छ भने हाल एक हजार १७७ जनाको अस्पतालमा  उपचार भइरहेको छ । हाल २०६ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।

७ करोड २४ लाख भन्दा बढी खोप वितरण

बेलायतमा ७ करोड २४ लाख ६१ हजार भन्दा बढी डोज खोप वितरण भएको छ । पछिल्लो जानकारी अनुसार यहाँ ५७ दशमलव ८ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ७९ दशमलव ८  प्रतिशतले पहिलो डोज लगाइसकेका छन् ।

पछिल्लो तथ्याँकअनुसार बेलायतमा ७ करोड २४ लाख ६१ हजार ४६२ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड २० लाख २१ हजार ८९ जनाले पहिलो र तीन करोड ४ लाख ४० हजार ३७३ जनाले दोस्रो डोज लगाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप