शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खोलाले बगाउँदा एक बालकको मृत्यु

बुधबार, ०२ असार २०७८, २२ : ५८
बुधबार, ०२ असार २०७८

सप्तरीमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । बुधबार बलानबिहुल गाउँपालिका– ४ स्थित  बेल्हीमा रहेको भुतही बलान खोलाले बगाएर १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो ।  

भुतही बलान खोलापारी खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्‍याउन जाने क्रममा सन्तोषलाई बाढीले बगाएको थियो  । सोही क्रममा उनको मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

१३ वर्षीय बालकको मृत शरीर सिमावर्ती बिहार राज्यको मधुवनी जिल्ला मझौरास्थित बलान खोला किनारमा फेला परेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप