शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फिनल्यान्डविरुद्ध रुस विजयी, मिरानचुकको निर्णायक गोल

बुधबार, ०२ असार २०७८, २२ : ५३
बुधबार, ०२ असार २०७८

युरोकप फुटबलमा रुसले फिनल्यान्डलाई १–० ले हराएको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा घरेलु टोलीबाट अलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।

यससँगै समूह बीमा दुई खेलबाट तीन अंकसहित रुस दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि हेड टु हेडमा पछि परेको फिनल्यान्ड तेस्रो स्थानमा छ । एक खेलबाट तीन अंक बटुलेको बेल्जियम शीर्ष स्थानमा छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । त्यस्तै, फिनल्यान्डले डेनमार्क विरुद्ध १–० को जित निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप