शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अल्का अस्पतालमा क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु

बुधबार, ०२ असार २०७८, २२ : ३३
बुधबार, ०२ असार २०७८

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु गरेको छ। 

अल्का अस्पतालमा कोभिड र नन कोभिड गरी २१ वटा आइसियु बेड छ। क्रिटिकल केयर विज्ञ डाक्टर जेन्टल सुन्दर श्रेष्ठको नेतृत्वमा क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु गरिएको हो। 

क्रिटिकल केयरमा आधारित आइसियु सेवामा सम्बन्धित विषयका चिकित्सकबाट बिरामीको राउण्ड गरिन्छ भने एक जना क्रिटिकल विज्ञ आइसियुमा नै खटेर विरामीको उपचार हुन्छ। सिकिस्त बिरामी भएर आइसियु भर्ना हुने बिरामीका लागि सम्बन्धित रोगको उपचारका साथै आवश्यक हुने श्वास प्रश्वास ब्यवस्थापन, भेन्टिलेटर सेवा, फ्लुइड म्यानेजमेन्ट लगायतका सेवाहरु विज्ञ डाक्टरबाट प्रदान गरिन्छ। 

क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु भएपछि सिकिस्त विरामीहरुलाई अरु अस्पतालहरुले विरामी रिफर गर्न सक्नेछन्। क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु भएपछि अल्का अस्पतालले आफ्नो अस्पताल एउटा रिफरल सेन्टरका रुपमा स्थापित हुने विश्वास लिएको सिओओ दीपेन्द्र पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप