बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्धार निर्देशन समितिले माग्यो १० करोड

बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्धार निर्देशन समितिले प्रदेशका १३ वटै जिल्लामा बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार, उपचार र राहतका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयसँग १० करोड रुपैयाँ माग गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले विपद् कोषमा रकम अभाव भएकाले आर्थिक मामिला मन्त्रालयलाई उक्त रकम यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेको हो ।
बैठकले सिन्धुपाल्चोकमा बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारकातर्फबाट पीडित परिवारलाई तत्काल राहत सामग्रीका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले कोभिड अस्पतालहरुलाई गुणस्तरीय उपचार सेवामा वृद्धि गर्ने क्रममा दोलखाको अस्पताललाई २० लाख रुपैयाँ, नुवाकोट अस्पताललाई ३० लाख रुपैयाँ, भक्तपुर अस्पताललाई ३५ लाख रुपैयाँ र मनमोहन स्मृति अस्पताल काठमाडौंलाई ५५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै बाढी पहिरोका जोखिम रहेका जिल्लाहरुमा सतर्क रहन र विपद् आइपरे तत्काल उद्धार कार्यलाई सहजीकरण गर्न विपद् व्यवस्थापनको सामग्री जिल्ला प्रहरी कार्यालयहरुलाई यथाशीघ्र उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
बाढी पहिरोबाट प्रभावित परिवारहरुलाई उद्धार गर्ने कार्यका लागि सुरक्षा निकाय, जिल्ला समन्वय समिति र रेडक्रसहरुलाई सतर्क रहनसमेत बैठकले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला