बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ई–कमर्श ‘किन्नि हो डटकम’ को सेवा शुरु, १ महिनासम्म फ्री डेलिभरी

बुधबार, ०२ असार २०७८, १९ : १०
बुधबार, ०२ असार २०७८

काठमाडौं । दैनिक रुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले नयाँ ई–कमर्श वेवसाइट ‘किन्नि हो डटकम (kinniho.com)’ शुरु भएको छ । 

कोरोना महामारी बीच बढ्दै गएको ई–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबार देखि नयाँ उक्त अनलाइन सेवा शुरु गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले आफ्नो वेवसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइल लगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी, अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरञ्जन सम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने आफ्नै मार्ट पनि सुचारु गरेको छ ।

किन्नि होले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउने पनि जनाएको छ । सुचारु भएको १ महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ नरेश पोखरेलले बताए । उनले नयाँ वेवसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरूबाट अनलाइन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने बताए ।

कम्पनीले विगत एक दशकदेखि न्यू मुक्तिनाथ ट्रेडर्स एन्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा ब्यवसायको रुपमा कागज तथा पब्लिकेशनका लागि चाहिने सम्पूर्ण सामान विक्री वितरण गर्नुका साथै घरायसी सामान, किचन वेयर, इलेक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप