ईश्वर पोखरेलले दिए स्वीस सरकारलाई धन्यवाद
बुधबार, ०२ असार २०७८, १८ : ०९
नेकपा (एमाले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए ।
आफू उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीट्जरल्याण्ड सरकारले नेपाललाई रु ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सो अवसरमा राजदूत क्यापिलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद