जेनेभामा बाइडेन–पुटिन भेट्दै, ब्रेक थ्रुको अपेक्षा नगर्न क्रेमनलिनको आग्रह

स्विट्जरल्यान्डको जेनेभामा आज अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुँदैछ । दुई नेताबीचको उच्चस्तरीय सम्मेलनका लागि बाइडेन हिजै जेनेभा पुगेका थिए । केही समयअघि मात्रै पुटिन चढेको विमान पनि जेनेभामा उत्रँदैछ ।
रुसी सञ्चारमाध्यम रसिया टुडेका अनुसार अबको एक घण्टाभित्रै दुई नेता संवादमा जुट्नेछन् । र, दुई नेताबीच चार वा पाँच घण्टासम्म छलफल हुनेछ । बाइडेन राष्ट्रपति चुनिएयता दुई शक्तिशाली नेताबीच हुन लागेको यो पहिलो भेट हो । रुस र अमेरिकाबीच धेरै विषयमा विवाद छ । अमेरिकाले रुसमाथि साइबर आक्रमणको आरोप लगाउँदै आएको छ । त्यस्तै, रुसले युक्रेनमा गरेको हस्तक्षेपको पनि उसले विरोध गर्दै आएको छ ।
पछिल्लोपटक रुसले बन्दी बनाएका विपक्षी नेता एलेक्साई क्रेमलिनको विषयमा पनि पश्चिमा देशहरुले चासो व्यक्त गर्दै आएका छन् । त्यस्तै मध्यपूर्वमा दुई देशको स्वार्थ बाझिएको छ । यसका बाबजुद जलवायु परिवर्तन, महामारीको नियन्त्रणलगायत धेरै विषयमा दुई देशबीच सहकार्य जरुरी पनि छ । यी दुई नेताबीचको संवादका लागि कुनै एजेन्डा भने तय भइसकेको छैन । जसकारण, उनीहरुले स्वतन्त्र रुपमा संवाद अघि बढाउनेछन् ।
भेटअघि बाइडेनले आफ्ना समकक्षी पुटिनलाई ‘मूल्यवान प्रतिद्वन्द्वी’ भनेर टिप्पणी गरेका छन् । यता, पुटिनले केही वर्षयता रुस–अमेरिका सम्बन्ध अति नै न्युन बिन्दुमा रहेको जनाएका थिए । यस सम्मेलनपछि दुबै नेताले छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
‘ब्रेक थ्रु को अपेक्षा नगरौं’
बुधबार बिहान रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता देमिट्री पेस्कोभले सम्मेलनबाट विवादित विषयमा ‘ब्रेक थ्रु’ हुने अपेक्षा नगर्न आग्रह गरेका हुन् । उनले रुसको सरकारी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै यस्तो बताए । आजको संवाद निकै कठिन हुने पनि उनले बताएका छन् । ‘ब्रेक थ्रु को अपेक्षा गर्न सकिने सम्भावना छैन । रुस–अमेरिका सम्बन्ध निकै गाह्रो अवस्थामा छ’ उनले भने, ‘तर दुई राष्ट्रपतिले समस्याका विषयमा खुलेरै छलफल गर्ने निर्णय गरेका छन् । यो आफैंमा उपलब्धि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेश प्रदशेका पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
-
४७ औँ इफाप्का सम्मेलनमा नेपाललाई सम्मान
-
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी : ४० प्रतिशतसम्म छुट
-
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
-
बजेट अधिवेशनमा शिक्षकको माग टुङ्ग्याउन सम्भव छैन : सभामुख
-
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा