हेर्न लायक खेलाडी : चम्केलान् त ग्यारेथ बेल

नेपाली समयअनुसार राती ९ः४५ मा अजरवैजानको बाकु शहरमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ । सुरुवाती खेलमा स्विट्जरल्यान्डसँग बराबरी खेलेको वेल्स र इटलीसँग पराजित भएको टर्की दुबैको लक्ष्य यो खेल जित्नु हो ।
ग्यारेथ बेल
वेल्सका कप्तान ग्यारेथ बेल प्रतियोगिताका ठूला स्टारमध्ये एक हुन् । रियल म्याड्रिडबाट चारवटा च्याम्पियन्स लिग र दुईपटक ला–लिगा जितेपछि उनी गत सिजन आफ्नो किशोरावस्था देखिको क्लब टोट्टेनह्याममा फर्किए । जहाँ, उनले २० खेलमा ११ गोल गरे । ३१ वर्षीय बेलले वेल्सका लागि ९३ खेलमा ३३ गोल गरेका छन्, उनी टोलीका सर्वाधिक गोलकर्ता हुन् ।
गत संस्करणमा बेलले वेल्सलाई इतिहासमै पहिलोपटक प्रतियोगिताको सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए । आफ्नो करियरको उचाईमा छँदा उनी विश्वकै तीव्र खेलाडी थिए, त्यही प्रदर्शन आज बेलले दोहोर्याउन सक्छन् ।
बुराक यिल्माज
फ्रान्सेली क्लब लिल्लेलाई यस सिजन लिग च्याम्पियन बनाउने क्रममा यिल्माजले २८ खेलमा १६ गोल गरे, उनी यस सिजन क्लबका सर्वाधिक गोलकर्ता हुन् । ३५ वर्षका यिल्माज अहिले पनि जबर्जस्त फर्ममा छन् । उनी चल्न सके टर्कीले नतिजा आफ्नो पक्षमा पार्नसक्छ । टर्कीका लागि यिल्माजले ६८ खेलमा २९ गोल गरेका छन् ।
अन्य खेल
प्रतियोगिता अन्तर्गत आजै समूह एको खेलमा मध्यराती १२ः ४५ मा इटली र स्विट्रल्यान्ड भिड्नेछन् । इटलीले सुरुवाती खेलमा टर्कीलाई ३–० ले हराएको थियो । यता, स्विटजरल्यान्डले वेल्ससँग बराबरी खेलेको थियो । त्यसअघि समूह ‘बी’ अन्तर्गत साँझ ६ः४५ मा रुस र फिनल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्ग शहरमा हुनेछ । पहिलो खेलमा रुसलाई बेल्जियमले २–० ले हराएको थियो । यता, फिनल्यान्डले भने डेनमार्कलाई १–० ले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध