शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेर्न लायक खेलाडी : चम्केलान् त ग्यारेथ बेल

बुधबार, ०२ असार २०७८, १७ : १३
बुधबार, ०२ असार २०७८

नेपाली समयअनुसार राती ९ः४५ मा अजरवैजानको बाकु शहरमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ । सुरुवाती खेलमा स्विट्जरल्यान्डसँग बराबरी खेलेको वेल्स र इटलीसँग पराजित भएको टर्की दुबैको लक्ष्य यो खेल जित्नु हो । 

ग्यारेथ बेल 

वेल्सका कप्तान ग्यारेथ बेल प्रतियोगिताका ठूला स्टारमध्ये एक हुन् । रियल म्याड्रिडबाट चारवटा च्याम्पियन्स लिग र दुईपटक ला–लिगा जितेपछि उनी गत सिजन आफ्नो किशोरावस्था देखिको क्लब टोट्टेनह्याममा फर्किए । जहाँ, उनले २० खेलमा ११ गोल गरे । ३१ वर्षीय बेलले वेल्सका लागि ९३ खेलमा ३३ गोल गरेका छन्, उनी टोलीका सर्वाधिक गोलकर्ता हुन् ।

गत संस्करणमा बेलले वेल्सलाई इतिहासमै पहिलोपटक प्रतियोगिताको सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।  आफ्नो करियरको उचाईमा छँदा उनी विश्वकै तीव्र खेलाडी थिए, त्यही प्रदर्शन आज बेलले दोहोर्याउन सक्छन् । 

बुराक यिल्माज

फ्रान्सेली क्लब लिल्लेलाई यस सिजन लिग च्याम्पियन बनाउने क्रममा यिल्माजले २८ खेलमा १६ गोल गरे, उनी यस सिजन क्लबका सर्वाधिक गोलकर्ता हुन् । ३५ वर्षका यिल्माज अहिले पनि जबर्जस्त फर्ममा छन् । उनी चल्न सके टर्कीले नतिजा आफ्नो पक्षमा पार्नसक्छ । टर्कीका लागि यिल्माजले ६८ खेलमा २९ गोल गरेका छन् । 

अन्य खेल 
प्रतियोगिता अन्तर्गत आजै समूह एको खेलमा मध्यराती १२ः ४५ मा इटली र स्विट्रल्यान्ड भिड्नेछन् । इटलीले सुरुवाती खेलमा टर्कीलाई ३–० ले हराएको थियो । यता, स्विटजरल्यान्डले वेल्ससँग बराबरी खेलेको थियो ।  त्यसअघि समूह ‘बी’ अन्तर्गत साँझ ६ः४५ मा रुस र फिनल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्ग शहरमा हुनेछ । पहिलो खेलमा रुसलाई बेल्जियमले २–० ले हराएको थियो । यता, फिनल्यान्डले भने डेनमार्कलाई १–० ले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप